डा. मुकुल ढकालको समीक्षा प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनमार्फत् आफ्नै सभापति रवि लामिछानेलाई प्रश्नको कठघरामा उभ्याएका छन्। ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदनमा उनले अधिकांश प्रश्न रवितिरै सोझ्याएका छन्।

‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफै गृहमन्त्री भएर किन गएको? सिके राउत जस्तो ब्याकमा किन नबसेको?,’ उनले प्रश्न गरेका छन्।

उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई कहिले समातिन्छन् भनेर सोधेका छन्। समात्न नसकिने भए प्रतिपक्षीमा हुँदा किन म्याद तोकेर बोलेको भन्दै प्रश्न उठाएका छन्।

‘जिबी राई कहिले समातिन्छन्? समात्न सकिँदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?,’ उनले प्रतिवेदनमार्फत् भनेका छन्।

उनले सभापति रवि लामिछानेको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ – 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्