एकता व्यापार संघलाइ नयाँ उचाइमा पुर्‍याउने नव निर्वाचित अध्यक्ष आचार्यको प्रतिवद्धता

काठमाडौँ – एकता व्यापार संघ नेपाललाइ नयाँ उचाइमा पुर्‍याउने नव निर्वाचित अध्यक्ष तेज प्रसाद आचार्यले बताएका छन् । शुक्रवार काठमाडाैँको न्यूरोड मारवाडी सेवा समितिको हलमा आयोजित  १९औँ साधारण सभा एवं ७ औँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघलाई थप गएक कदम अगाडी बढाउने र आफ्नो जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्ने बताएका छन् ।

एकता व्यापार संघका निवर्तमान अध्यक्ष माधवप्रसाद खरेलको अध्यक्षता तथा  उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित संघको उद्घाटन गरिएको थियो । उद्घाट्न शत्र पश्चात बन्द सत्र मार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा अध्यक्षमा तेज प्रसाद आचार्य सर्वसम्मतले चयन भएका थिए ।

अध्यक्षमा चयन भएसँगै उनलाइ विभिन्न पदाधिकारीहरुले खादामाला सहित सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । उनलाइ निवर्तमान अध्यक्ष माधवप्रसाद खरेलसँगै पूर्व अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, नेपाल व्यापार संघका अध्यक्ष हरि गाैतम, राष्ट्रिय व्यवसायि महासंघका अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका बरिष्ठ उपाध्यक्ष गिरिराजमणी पोखरेल लगायत अन्य पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले बधाई ज्ञापन गरेका थिए ।

निर्वाचित भएपश्चात उहाँको सिंगो टिमलाई निर्वाचन समितिका प्रमुख आयुक्त भेषराज पौड्यालले सपथ समेत खुवाइएको थियो । सपथ पश्चात कार्यक्रममा उनले संस्थालाइ एक कदम अगाडी बढाउन र विधि विधानमा रहि आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्