काठमाडौँ – ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ ।
भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।
ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।