राहतमा अखाद्य वस्तु वितरण गरेको आरोपमा कलैयाका मेयर यादव सहित १२ जना विरुद्ध मुद्दा दायर

वीरगञ्ज – राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । नगर प्रमुख यादवसहित १२ जना विरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । मंगलबार नै उनलाई बारा जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बुधबार प्रहरीले नगर प्रमुखका काकाको छोरा रोशन भनिने रविन्द्र यादवलाई पनि नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा राहतको नाममा कुहिएको दाल वितरणमा जनप्रतिनिधिहरु फस्दै गएको देखिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

नगर प्रमुख यादवसहित मंगलबार प्रहरीले यादव आईस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव र कलैया वडा नं २७ का वडा अध्यक्ष रियाजुल अन्सारीलाई समेत नियन्त्रणमा लिएको थियो ।
अनलाइनखबरको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्