काठमाडौँ – सिंगो नेपाली कलाकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचान र अतुलनीय योगदान दिएका सर्बप्रिय बरिष्ठ निर्माता/निर्देशक तथा गायक/ नायक हाेम धितालले कलियुग भविष्यवाणी गर्नुभएको छ । उहाँले विभन्न अध्ययन र अनुसन्धानबाट कलियुग भविष्यवाणी बेद महापुराण शास्त्र लेख्नुभएकाे छ । उहाँले शास्त्रको सारांस सार्वजनिक गरे पनि पुरै किताब भने केहि समयपछि मात्रै सार्वजनिक हुने बताएका छन् । देश र जनताको हकहितकोलागी तयार पारिएको भविश्य बाणीमा कुनै धर्म र जातभात नछुट्टाइएको लेखक धितालले जानकारी दिनुभयो । धिताल मिडियाकर्मी समेत हुन् । उहाँले अहिलेसम्म ३५ सय भन्दा माथी म्यूजिक भिडियो तथा चलचित्र निर्देशन गर्नुभएको छ भने २०० भन्दा माथी चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय रहेको छ । २०० भन्दा बढी कलाकारहरुलाइ जन्माउनु भएको धितालले बिश्व Guiniss World Record को इतिहासमा ५ घण्टा १४ मिनेट २३ सेकेन्डको म्यूजिक भिडियो निर्देशन गरेर आफ्नो नाम दर्ज गराउनुभएको छ । बहुप्रतिभाशाली कलाकार धिताल सामाजिक अभियान्ता समेत हुन् । उहाँ धिताल फिल्मस् प्रा.लि.का संचालक समेत हुन् ।
उहाँले लेख्नुभएको कलियुग भविष्यवाणी बेद महापुराण शास्त्रको सारांश यस्तो छ ।