महेन्द्रनगरबाट काठमाडौं आउदैँ गरेको यात्रुवाहक बस कपिलबस्तुमा दुर्घटना, १० जनाको मृत्यु

काठमाडाैं – महेन्द्रनगरबाट काठमाडौं आउदैँ गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा पवरी १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।  घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

बस बाटोबाट २ सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्