यो भन्दा नालायक सरकार इतिहासमा कहिले थिएनः गोकुल बास्कोटा

काठमाडौं – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारलाई नालायकको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बाेल्दै बास्कोटाले आफुहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारलाइ नालायकको आरोप लगाएका हुन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गरेका थिए । आफूले पटक–पटक कुरा उठाउँदा पनि बाटो नबनेको उनले बताए । बास्कोटाले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ रामराज्य आइसक्यो । यही हो रामराज्य ? योभन्दा नालायक, योभन्दा गतिहीन, योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले ? त्यसैले शून्य समयको के भ्यालु ?’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्