अन्ततः फिल्म खेलेरै छाडिन् नीति शाहले

काठमाडौँ – नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्ममा डेब्यु गर्न रत्ति पनि गाह्रो काम थिएन । तर पूर्व मिस इन्टरनेसनल नीति शाहलाई भने पहिलो फिल्म खेल्न साह्रै सकस पर्यो । मोडलिङ गर्दा ताका फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई नीतिले फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । तर एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालिन् ।
उनले ल भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्यो । त्योमध्ये उनले अनमोल केसीसँग ‘एक्स नाइन’ साइन गरिन् । तर आजभोलि भन्दा भन्दै त्यो फिल्म फ्लोरमा जानै सकेन । आजित भएर नीति पनि त्यो फिल्मबाट अलग भएको घोषणा गर्न बाध्य भइन् ।

यो बीचमा उनले अभिनयमा पोख्त बनाउन कहिले अनुप बरालसँग अभिनय सिकिन् त कहिले मुम्बई गएर । यो क्रम चलिरहँदा उनले अनमोलसँग नभए पछि प्रदीप खड्काको जोडी भएर अभिनय गर्ने कम्मर कसिन् । प्रदीपको मुख्य भूमिका रहने ‘कामिनो’मा नीति लिडिङ लेडी रहने खबर आयो । तर यो फिल्म पनि बन्ने भन्दा भन्दै पनि बनेन ।

धेरैले सोचेका थिए, नीतिले हार मानिन् । तर सोमबार अचानक उनले नयाँ फिल्म ‘खजुरे ब्रो’ गर्न लागेको समाचार आयो । केही दिनअघि नै सुटिङ सुरु भएको फिल्मको सोमबार औपचारिक घोषणा भयो । घोषणा कार्यक्रममा नीतिले मुखै खोलेर भनिन् , ‘अनमोल र प्रदीपसँग फिल्म खेल्न जुरेको रहेनछ । रियर राईसँग जुर्यो ।’

मजाक मजाकमा नीतिले यसो भने पनि उनको यो भनाइमा पीडा झल्कन्छ । एक नम्बर मानिएका हिरोसँग डेब्यु गरेर करिअर चम्काउँला भन्ने नीतिको चाहना पूरा भएन । तरपनि फिल्म त खेलेरै छाडिन् नी नीतिले ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्