काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।
नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् ।
राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको हो ।