काठमाडौं – नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उदयपूरमा भेटिएका संक्रमित १२ जना सबै पुरुष भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्का दुई जना संक्रमित भने चितवनका २७ र ६३ वर्षिया पुरुष भएको स्वास्थ्य मन्त्रायले आफ्नाे आधाकारिक फेसबुकमा पेजमा उल्लेख गरेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।