क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त

काठमाडौँ, २३ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई आफ्नो महाप्रबन्धक नियुक्त गरेको छ ।

 

लामो समयदेखि खाली रहेको महाप्रबन्धक पदमा क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो ।

 

क्यानले विज्ञापन गरी खुला प्रतिस्पर्धाबाट ढुंगानालाई महाप्रबन्धक बनाएको हो ।  क्यानको महाप्रबन्धकका लागि ६८ जनाले आवेदन दिएकोमा ७ जनालाई अन्तर्वार्तामा सामेल गराएर उनलाई छानिएको हो ।

 

यसअघि ०७९ को वैशाख ३ मा क्यानले वृतान्त खनाललाई महाप्रबन्धक नियुक्त गरेपछि उनले दिएको राजीनामा गत असार १५ गते स्वीकृत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्