रौतहट – नेपाल शिक्षक संघ रौतहटका पदाधिकारीहरू धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
नेपाल शिक्षक संघ रौतहटको तेस्रो पूर्ण विस्तारित बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम मावि विजयपुरमा भव्यरुपमा सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघ मधेस प्रदेश कार्यसमितिको प्रतिनिधित्व गर्ने पादाधिकारी तथा सदस्यहरू नेपाल शिक्षक संघ जिल्ला कार्य समिति रौतहटका पदाधिकारी तथा सदस्यहर, १८ वटै पालिकाका अध्यक्ष तथा विभिन्न विद्यालयको प्रधानाध्यापक जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। फतुवाविजयपुरको शिक्षक तथा कर्मचारीले ७ महिनादेखि तलव भताबाट बन्चित रहेकोमा उक्त मुद्दामा केन्द्रित रही विभिन्न निर्णय गरेको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै तेस्रो दिन पनि धर्नामा जारी राखेका छन्। जनप्रतिनिधिबीच आपसी विवादका कारण गत साउनदेखि तलव पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी बुधबारदेखि धर्ना सुरु गरेका हुन्।
नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट तीन जना, निमाविबाट दुई जना प्राविबाट एक जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने तथा दोस्रो चारणमा सम्पूर्ण विद्यालय बन्द गरी सडक आन्दोलनमा उत्रने सहभागी दुधिअवाका शिक्षक रञ्जन खरेलले चेतावनी दिए।
तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसँगै कारबाक मेयर खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको हो।
मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरूसँगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरू विभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सून्य भएको छ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन्। कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक कांग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरू पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन्।
कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर खातुन एकोहोरो गरेको र उनी पनि कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागी हुने अडान राखेका छन्। कांग्रेस समर्थित जनप्रतिनिधिको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यबाक मेयर अम्बेया खातुनले बताएकी छन्।
यसअघि मेयर खातुन एमालेका ३ जना र जसपाका १ गरी ४ जना वडा अध्यक्षहरूले शिक्षक कर्मचारीको धर्नामा ऐक्यब्धता जनाएका थिए।