काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार युनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
युनिभर्सल पावर कम्पनी लिमिटेडले कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।