काठमाडौ, १६ पुस । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले करसहित ६.३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने कम्पनीले २३% बोनस सेयर वितरण गरेको थियो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।