गाजाका लागि साइप्रसले पठाएको सहायता अनुमति इजरायल मञ्जुर

तेल अहिव, १६ पुस । इजरायलले साइप्रसबाट गाजामा सहायता जहाजहरूलाई अनुमति दिने जनाएको छ ।

 

इजरायल साइप्रसबाट प्रस्तावित समुद्री कोरिडोरको भागको रूपमा गाजा पट्टीमा तुरुन्तैू सहायता पुर्‍याउन जहाजहरू दिन तयार रहेको इजरायली विदेश मन्त्री एली कोहेनले जनाएका हुन ।

 

भूमध्यसागरीय करिडोरको बारेमा सोध्दा एली कोहेनले साइप्रसको सहायता पठाउन इजरायल तयार रहेको जनाएका हुन ।

तर, साइप्रसले पठाउने सहयता सामग्रीका सुरक्षा जाँच भने गरिने उनले जनाएका छन् ।

 

‘इजिप्ट वा इजरायल मार्फत नभई गाजा तटमा ढुवानी गर्नु अघि लार्नाकाको साइप्रियट बन्दरगाहमा सुरक्षा निरीक्षण हुनेछ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्