गाजा, १५ पुस । विगत केही दिनमा एक लाख मानिस रफाह तर्फ लागेका छन ।
संयुक्त राष्ट्र संघको मानवीय मामिलाको समन्वयको कार्यालयका अनुसार विगत केही दिनमा गाजा पट्टीको सुदूर दक्षिणमा अवस्थित रफाह सहरमा कम्तिमा १ लाख मानिस सरेको अनुमान गरिएको छ।
इजरायली गोलाबारी र हवाई हमलाहरू गाजाको दोस्रो ठूलो सहर खान युनिस र दक्षिणमा अन्य ठाउँमा र वरपर तीव्र रूपमा भए पछि उनीहरू रफाहतर्फ सरेका हुन् ।