एमाले बागमती सम्पर्क कमिटीमा अशोक ठकुरी निर्वाचित, ५ पदाधिकारीमध्ये दोलखाका ३ जना

काठमाडौं – नेकपा एमाले बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी निर्वाचित भएका छन् ।

साेमबार सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी विवेक शर्मा (बिष्णु खनाल) लाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । ठकुरी यसअघि पनि अध्यक्ष रहेका थिए भने शर्मा उपसचिव रहेका थिए । यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर पलामी र उपसचिवमा अमृत खडका र सरिता जिरेल निर्वाचत भएका छन् ।

एमाले बागमति सम्पर्क कमिटीमा सहमति जुटन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । निर्वाचनमा निर्वाचित ५ पदाधिकारीमध्ये ३ जना दोलखाबाट रहेका छन । उपाध्यक्ष लामा र उपसचिवद्वय खडका र जिरेल दोलखाका हुन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्