बिहीबार सेयर बजार ६.५५ अंकले बढ्यो, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं – बिहीबार सेयर बजार ६.५५ अंकले बढेको छ । आज नेप्से १९९४ विन्दुमा बन्द भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ ।

कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो । यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो ।

गुराँस लघुवित्तको मूल्य ४.९, मानुसी लघुवित्तको ४.७ र सीवाईसी लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्