काठमाडौं, २५ मंसिर । संघीय संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
डा भरतराज गौतमले महासचिवबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।