चाहेको र रोजाईमा परेको सामान भनेकै समयमा किनौं (KINAU) अनलाइनमार्फत

काठमाडौं – घरमा नै बसीबसी आफुले चाहेको र रोजाईमा परेको सामान भनेकै समयमा अनलाइनमार्फत सपिङ गर्ने सुविधा अनलाइन सपिङको पङ्त्तिमा पछिल्लो पटक थपिएको किनौं सपिङ लोकप्रियताको शिखरमा पुगिरहेको छ । किनौं सपिङले पछिल्लो पटक दैनिक सयौं नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको छ । अनलाइनबाटै ग्राहकहरुलाई गुणस्तरीय सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउन किनौं अनलाइन सपिङ सञ्चालनमा आएको हो ।

घरमा नै बसीबसी उपभोक्ताहरुले आफूलाई आवश्यक पर्ने सामानहरु खरीद गर्न सकुन भन्ने उद्देश्य राखेर किनौं अनलाइन सपिङ शुरु भएको हो । यो सपिङ सेवामार्फत सेवाग्राहीहरुले आफू बसेकै स्थानमा गुणस्तरीय सामानहरु बजार मूल्यभन्दा सस्तोमा खरीद गर्न सक्नेछन् । ग्राहकहरुको सेवालाई मध्यनजर गरेर किनौं सपिङले बिभिन्न बिक्रेता र पेमेन्ट पार्टनरसँग सहकार्य समेत गर्दै आएको छ । ई सेवा, आईएमई पे, कनेक्ट आईपीएस लगायतका माध्यमबाट सामानको अनलाइन भुक्तानी गर्न सकिन्छ ।

किनौंले अनलाइन सपिङलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाएकै कारण ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ । किनौं सपिङले आगामी दिनमा थप विशेषताहरुसहित सेवाग्राहीहरुसमक्ष प्रस्तुत हुँदै जाने प्रतिवद्धता पनि जनाएको छ । किनौं सपिङले ग्राहकहरुको चाहना र आवश्यकता अनुसार कुनै पनि सामान थप गर्दै लैजाने जनाएको छ । उपभोक्ताहरुले आवश्यक सामाग्रीहरु किनौंको वेबसाइट www.kinaun.com मा गएर वा किनौं सपिङको मोबाइल एप्सबाट अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

बिभिन्न बिक्रेता र पेमेन्ट पार्टनरसँग सहकार्य समेत गर्दै आएको छ । किनौं सपिङले विभिन्न चाडपर्वको अवसरमा छूटको समेत व्यवस्था गर्दै आएको छ । न्युनतम दुई हजार रुपैयाँको सामान खरीद गर्दा किनौं सपिङले दुई सय रुपैयाँ छूट दिने योजना अगाडि ल्याएको छ । यस्ते सामान खरीद गर्ने ग्राहकहरुलाई बेज्ञानिक महावीर पुनद्वारा हस्ताक्षरित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक समेत निशुल्क डेलिभरीको सुविधा दिंदै आएको छ किनौं सपिङले ।
उपभोक्ताहरुले आवश्यक सामाग्रीहरु किनौंको वेबसाइट www.kinaun.com मा गएर वा किनौं सपिङको मोबाइल एप्सबाट अर्डर गर्न सक्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्