काठमाडौं, १२ मंसिर । अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट ३० हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ।
बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियारले नियन्त्रणमा लिइएको हो।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका थिए।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उनलाई आज नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।