काठमाडौँ, ११ मङ्सिर । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो ।
भारतले दिएको २३६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउदै १९१ रन बनाएको थियो ।
यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
योसँगै भारतले ५ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ ।
अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका रहेको छ ।