मुर्रा जातका राँगा अरू राँगाभन्दा के फरक?

भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गिसरमा नेपालमा ल्याइएको हो।

भारतीय मुर्रा राँगाहरूबाट तीन वर्षपश्चात् वार्षिक डेढ लाख मात्रा वीर्य सङ्कलन गरी कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराउने सरकारी योजना छ।

मुर्रा भैँसीको दूधमा ’६ देखि ८ प्रतिशत फ्याट (चिल्लो पदार्थ) र ८ प्रतिशतभन्दा बढी एसएनएफ (सोलिड्स–नट–फ्याट) अर्थात् चिल्लो तत्त्वबाहेकको ठोस पदार्थ पाइने’ अधिकारीहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्