राहतको नाममा राजनितिक यर्थाथ : पिडित पाउँदैनन् राहत

बझाङ – बझाङमा असाेज १६ गते गएको बिनासकारी भुकम्पले गर्दा बिकट गाउँ खत्तडछान्ना गाउँपालिका वडा नं ७कि कल्चु देवि खड्काकाे घरभत्काए पछि आज सम्म पनि चुलाे बलेकाे छैन् । उमेरले ५५कटेकी कल्चु बिपन्न परिवारका घरकी मुल अभिभावक हुन् ।असाेज १६ गते दिउसाे २:४० मा आएकाे भुकम्पकाे पहिलाे झट्कामा घरकाे आधा भाग भत्कियाे । केहिबेरमा घर भित्र रहेकाे आधा कुरू ( अन्न राख्ने काेठा) मा रहेकाे केहि अन्न लिन भित्र गईन् जादाँ लगत्तै ठुलाे भुकम्प आयाे उनी पाणबाट गाेठमा झरिन,बचाउ बचाउ भन्दा सुने पछि छिमेकी मंगल खड्का लगायतकाे टाेलीले उद्धार गरेकाे बताईन ।

भुकम्प गएकाे आज १२ दिन बितिसक्याे न खाना पकाउन आगाे बल्छ नत खानलाई अन्न नै छ । छिमेकी मंगल खड्काकाे घरमा गएर खाना खादै गरेकाे कल्चु बताउछिन् । उनले आँसु झार्दै भनिन् पहिलाका मान्छे भन्थे (जान्दई गहिराे,अन्दई पहिराे) गाउँभरी मेरा जसा दुख कसैका नाई अझ मलाई थप दुख दियाे भुकम्पले उनले भनिन् ।

१ सय ५० घरधुरी भएकाे गाेर्खाली गाउँमा कल्चु देवी खड्काकाे घर लगायत दजनाै घर पुर्णरूमा क्षति भएका छन् । सयाैँ घरहरू चर्केका र अझ भुकम्प आए भित्र बस्न नमिल्ने भएका छन् । ‘घर भत्के पछि तत्कालै गाउँपालिका र वडाकाे टाेली सहित प्रहरी आयाे घरकाे चेकजाँच गर्याे तपाईलाई समस्या छ भन्याे माेवाईल नं माग्याे हामी फाेन गर्छु भन्याे अहिले सम्म फाेन पनि गरेकाे छैन। बुढा अपाङ्ग छन् । अहिले भेडाबाख्रा गएका छन् ,अब तलबाट कहिले फाेन गर्छन अझ राहत लिन जानु पर्ने छ ।’ उनले भनिन् ।

असाेज १६ गते बझाङ केन्द्र बिन्दु बनार आएकाे बिनासकारी भुकम्प ले बझाङलाई छेदबिछेद बनाए लगत्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेकाे अध्यक्षतामा जिल्ला बिपत ब्यावस्थापन समितिकाे आकस्मिक बैठक बस्याे र तत्काल डाटा संकल गरी पिडितलाई राहत दिने भन्ने कुरामा सरकार तातियाे । जिल्लामा आएकाे राहत एकद्वार प्राणीबाट बाड्ने भन्ने निर्णय गरियाे तर नाै दिन बित्दा सम्म पनि साच्चिकै पिडीत भई पिडा पाएका ब्यक्तिहरू खुला आकाश मुनि बसी रहेका छन् ।

खप्तडछान्ना गाउँपालिका वडानम्बर ७ गाेर्खाली गाउँ आटी टाेलकी कल्चु देवि खड्का त एक प्रतिनिधि पात्र मात्र हुन् । भुकम्प लगत्तै स्थानीय सरकार डाटा संकलन मा पनि लाग्याे भाैगाेलिक अवस्था र दिनै पिच्छे जिल्लामा बैठक बसी राहत संगलन गर्न पनि लाग्याे तर संकलन पनि गर्याे गाउँपालिकाबाट बाड्दा बाड्दै राहत अझै गाउँगाउँमा पुगाउन सकिएकाे छैन । जनप्रतिनिधिहरू पनि आआफ्ना मतदाताहरूकाे घाउमा मलम लगाउन लागिरहेका छन् तर गाउँपालिकामा आएकाे सिमित स्राेत साधनले यतिका स्थानीयहरूकाे चित्त बझाउन पनि धाै धाै भैरहेकाे छ ।

१६ गते आएकाे ६.५ रेक्टरकाे भुकम्पले गाउँपालिका भित्र २सय ५६ घरहरू पूर्णरूपमा क्षति भएका र १६ सय ६३ घरहरू आंंसिक क्षति भएका छन् भने वडानं ७मा मात्र ८६ घरहरू पूर्णरूपमा क्षति र २सय ३७ घरहरू आंंसिक क्षति भएका छन् । त्यसपछिकाे असाेज २० गते ५.३ रेकटरकाे आएकाे भुकम्पले गाउँमा केहि घरमा क्षति भएकाे स्थानीयहरू बताउँछन् । असाेज १६ गते देखि अहिले सम्म बारम्बार आईरहेकाे भुकम्पका कारण जिल्लाका बाह्र स्थानीयतहहरूबाट अहिले सम्म जिल्ला प्रशासन बझाङमा आएकाे डाटा अनुसार १२ हजार ७ सय ७६ घरहरू आंंसिक क्षति भएकाे जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । अहिले सम्म १२ वटै पालिकाबाट आएकाे आधारमा हामीले ईन्ट्री गरिरहेका छाै र अहिले बिभिन्न सराेकारवाला निकायहरूबाट राहत सामाग्री जिल्ला भित्री रहेकाे छ । जिल्लामा साच्चिकै घर भत्केकाहरूकाे पिडात यस्ताे छ कि, न खानलाई अन्न छ न बस्नलाई घर छ, चिसाे रातमा खुला आकाश मुनि बस्दै र राहतकाे लागि कुर्दै बसेका छन् स्थानीय ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्