काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र जर्मनीस्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोकी निर्देशक डा. एनेट निडेरफ्राङ्के बीच बर्लिनस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको छ ।
भेटका क्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षामा सहकार्य गर्नेबारे छलफल भएको छ ।