अवैध लागूऔषध चरेश सहित दार्चुलाको शैल्यशिखरबाट एकजना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मार्मा गाउँपालिका-१ घोल्जर बस्ने २० वर्षीय सहदेव सिंह ठगुन्ना र सोही गाउँपालिका-१ ताकु बस्ने २८ वर्षीय बिर्ख सिंह ठगुन्ना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले सो ठाउँमा शंकास्पद रुपले हिँडिरहेका उनीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्