नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको पदबहाली, पाण्डव हमाल अनुपस्थित

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेको पदबहाली भएको छ ।  २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उनलाई अध्यक्षमा पदबाहली गरिएको हो ।

सातौ महाधिवेशनमा आलोपालोका लागि भएको सहमति बमोजिम यसअघि रहेका केन्द्रिय अध्यक्ष पाण्डव हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले तत्कालीन सह-अध्यक्ष सुवास न्यौपानेलाई अध्यक्षमा पदबाहली गरिएको बताइएको छ। यद्यपि पदबाहाली कार्यक्रममा निवर्तमान अध्यक्ष हमाल र महासचिव पारसमणि दाहाल भने अनुउपस्थिति रहेका थिए।

पदबाहली कार्यक्रममा संस्थापक वसन्त बहादुर श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए भने तत्कालीन सह-अध्यक्ष सुवास न्यौपाने सभापति रहेका थिए । उक्त कार्यक्रममा पुर्व पदाधिकारी, बर्तमान केन्द्रिय समितिका सदस्यहरु, देशैभरीका जिल्ला अध्यक्ष, महानगर, नगर, र पालिकाका अध्यक्ष साथै शैक्षिक संस्थाका संचालक, प्रिन्सिपल, डाइरेक्टरहरुको उपस्थिती रहेको थियो।

देशै भरिका जिल्ला अध्यक्षहरुको तर्फबाट काठमाडौ जिल्ला अध्यक्ष अमृत खड्काले सातौ राष्ट्रिय महाधिवेशनमा संगठनलाई एकताको नाममा निरास बनाएको भन्दै संगठनले जित्छ भने ठिक छ भनेर फर्किएका हामी आज आफैले नैतिकता समेत नदेखाइ पद हस्तान्तरण नगर्नु अनैतिक कार्य रहेको बताए । संगठनलाई एकताबद्ध बनाउने वा संगठनलाई झोलामा राखेर संगठनिक नीति नियम र बिधानलाई कुनामा थन्क्याएर गुटबन्दी गर्ने यसको जवाफ नेतृत्वहरुले दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको समापनमा बोल्दै नवनियुक्त अध्यक्ष सुवास न्यौपानेले अन्याय विरुद्ध न्यायको लागि कार्यक्रममा आउनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै परिस्थितिले जन्माएको, कथाले मागेको यस अवस्थामा संगठनलाई जिम्मेवार पुर्वक नेतृत्व बहन गर्ने प्रतिबद्धता ब्यक्त गरे । संगठको लामो ईतिहास रहेको भन्दै नवनियुक्त अध्यक्षले संगठनमा दरार आउने काम नगर्ने बताए । ‘पाण्डव सर इमान्दार हो, तर अरुको भड्काउमा लागेर यो अवस्था आएको हो’ न्यौपानेले भने, ‘अझै पनि समय बाँकि छ आफ्नो गर्भिलो इतिहासलाई बचाउन बिबेक पुर्‍याउन पनि म उहाँलाई अनुरोध गर्दछु ।’

‘आजदेखि ठूलो जिम्मेवारी बोकेको छु, अफ्ठ्यारो परिस्थितिमा साथिहरु उपस्थित हुनुभएको बेला कसैको शिर नझुकिने गरि म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, यो व्यावसायिक संगठन भएको र यहाँ राजनीतिक राजनीतिक संगठन जस्तै बिकृती र बिसंगतीहरु को संस्कार हामिले बोक्न हुँदैन’  न्यौपानेले भने, ‘सबैको भावनालाई कदर गर्दै संगठनलाई एक बनाउने, आजका दिन देखि कुनै समूह नरहने र क्षमतावान मानिस नेतृत्वमा आउनु पर्छ ।’  उनले आर्थिक अनुशासन र पारदर्शीता कायम गर्ने पनि बताए । केन्द्रीय कार्यलय ब्यबस्थापन गर्नुपर्ने भन्दै त्यसको लागि ब्यक्तिगत ५ लाख रुपिया सहयोग गर्ने नवनियुक्त अध्यक्ष न्यौपानेले प्रतिबद्धता जनाए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्