गणतन्त्रका विरोधी सत्ताधारी दलकै नेताहरु : डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले भक्तपुरबाट गणतन्त्रको जग हल्लिन सुरु गरेको अनुभुति भएको बताएका छन् । आइतबार भक्तपुरमा पुर्वराजा ज्ञानेन्द्र शाहले तलेजु भवानीको दर्शन गर्न गएकाबेला हजारौँको संख्यामा जनताहरु स्वागत गर्न पुगेपछि कानुनविद् डा.  बस्नेतले यस्तो बताएका हुन् । ‘प्रखर कम्युनिष्ट नेता नारायणमान बिजुक्छे ‘रोहित’ को शहर, पृथ्विनारायण शाहको मितेरी गाउँबाट गणतन्त्रको जग हल्लिन सुरु गरेको जस्तो अनुभुती भयो’, डा‍. बस्नेतले भने । उनले गणतन्त्रको विरोधी सत्ताधारी नेताहरु नै भएको पनि आरोप लगाएका छन् । ‘यो मुलुक गणतन्त्रमा गए पछी सत्तामा बस्ने सत्ताधारीहरुनै गणतन्त्रको सबै भन्दा ठुला शत्रु हुन भन्ने मलाई लाग्छ’, डा‍. बस्नेतले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्