अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर नेप्सेमा सूचीकृत

काठमाडाैं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

आज ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार गर्न सकिनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार हुनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्