नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै आपत्ती

काठमाडौं – नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेताहरुले चासो व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको जानकारी गराउनुका साथै ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न सभापतिलाई आग्रह गर्नुभयो ।

अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिएपनि सुनुवाइ नभएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्