काठमाडाै– राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली जाने कार्यक्रम रहेको छ भने बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ ।
साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् ।