काठमाडाैं – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना निकालेर आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएकाले थकित भएको कारण थकाइ बिदाइ दिएको बताएको छ ।
लगातार तीन दिन कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापनमा खटिएपछि थकित भएका कारण आज नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।