काठमाडाैं – नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको यो सम्झौतामा बुधवार नेपालको तर्फबाट हस्ताक्षर गर्नुभएको हो ।
अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको छ ।