काठमाडाैं – सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भदौ २८ गते बिहीबार बाँडफाँट हुने भएको छ। कम्पनीको आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबारदेखि निष्काशन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो । इन्स्योरेन्सको आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।
इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।