काठमाडाैं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन नेपाल (नेशनल प्याबसन) काठमाडौँ जिल्ला समितिको चुनाव नजिकिदैँ गर्दा गुट उपगुटले चुनावी सरगर्मी झन बढेको छ । यतिवेला एक गुटको उम्मेदवार अर्काे गुटले खोस्ने प्रतिस्पर्धा चलेको छ ।
नेशनल प्याबसन काठमाडौँ जिल्ला समितिको अधिवेशन यहि भाद्र २७ गते अर्थात भोली सोल्टी होटलमा हुन गइरहेको छ । जसमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छन् । उपाध्यक्ष पद र सह–सचिव पदमा भने उम्मेदवार आफुतिर लिने विषयमा प्रतिस्पर्धा चलेको छ ।
उपाध्यक्ष पदबाट नारायण तिम्सिना र माधव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् भने सह–सचिव पदमा प्राप्ति मल्लले उम्मेदवारी दिएका छन तर गुटबन्दीका कारण यी उम्मेदवारहरुलाई आ–आफ्नो गुटप्रति आकर्षित गर्न विभिन्न प्रलोभन देखाइरहेको पाइएको छ ।
यी दुवै पदका उमेदवारहरुले पहिला अमृत खडकाको प्यानलमा उमेदवारी घोषणा गरिसकेका हुन ।
यसरि गुट उपगुटले गर्दा चुनावमा सोचेजस्तो परिणाम आउन सक्छ भनेर भन्ने अवस्था छैन तथापी अधिवेशन भने भोलि सम्पन्न हुने कार्ययोजना रहेको छ ।