यात्रा संस्मरण : सुुर्मा बिरीजात

हामी विहान उठ्दा सुुर्मा काँकरजडी मन्दिरमा आरतीधुन बजी रहेको थियो । विहानी नृत्यक्रर्म गरेपछि वरपर हेर्दा मानिसहरु सुुर्मा सरोवर जाँने बाटो तर्फ हिडी रहेका थिए । प्राय महिला भक्तजनहरु उकाला सिडिहरु चढ्दै थिइन । किन भने महिलाहरु लाइ यो पर्वमा सुर्मा सरोबरतालमा जान नहुने रहेछ । तर महिलाहरु माथी लोट्नी भन्ने ठाँउमा जान सके उनिहरु लाइ सुुर्मा सरोवर गए सोसरह हुने रहेछ । त्यसैले मेला आएका प्राय सवै महिलाहरु लोट्नी संग पुुग्दा रहेछन । अर्को काम त्यहाँ सुुर्माताल पुुगेका आफन्त मान्छेलाइ महिलाहरुले फलफुुल पानी दिइ पर्छो गर्ने रहेछन । राती संगै सुुतेका जिल्ला समन्वय प्रमुख नर बहादुुर दाइ लाइ मैले आग्रह गरे विहान मोर्निडवाक पनि हुन्छ यसो हामी पनि माथीतिर निष्कौ । उहाँले हुन्छ भने पछि हामी पनि जती सकिन्छ भनेर सुुर्मा सरोवरजाने उकालो बाटो चढ्यौ । हामी संगैको ललित सिंह भाइ भने रुगालागेर पल्टेकै थिए ।

विरिजातमा यहाँ सवैले खाली खुुट्टानै हिड्नुु पर्ने रहेछ । जिवनमा पहिलो चोटी यसरी खाली खुुटु्टा हिड्दा गा्रहो नहुने त कुरै भएन । तर पनि नयाँ ठाँउ , सवै खाली खुुट्टा हिडि रहेका सुुर्मादेवीको आस्था भक्तीभावले आत्मबल गरियो । आजकल सुुर्मा मन्दिर भएको ठाँउ ठकुन्ना दैपाड बाट सुुर्मा सरोवर जाने बाटोमा सिडी बनाउने कामको सुुरुवात गरेको रहेछ । सिडी संगै फलामे रेलिङ विचमा मन्दिरहरु उकालो उक्लीदै जाँदा तलको फाँट राम्रो देखीने हुदाँ मन आनन्द भयो । आधा घण्टा हिडेपछि सिडीको यात्रा सकिन्छ । तर यो विचमा विरपानी भन्ने पानीको मुुहान धारा छन । यो पानी देवीले निकालेको किम्वदन्ती रहेछ ।

म त जात्राको तेसा्रे दिन पुुगेको थिए । सुुर्माको आलीपालीका मान्छेहरु यसपाली भदौ १० गतेनै यो जात्राको यात्राको लागी हिडी सकेका थिए । सुुर्मा सरोवर ताल नगएका पुुरुष र महिलाहरु पाँगरजडी मन्दिर क्षेत्रमा पुुजाआजा गरि रहेका थिए । त्यहाँ डेउडाखेल भलिबल खेलको पनि कार्यक्रम राखेको थियो । हाम्रो लोट्नी सम्मको यात्रामा बाटोमा अधिकाँस महिलाहरु थिइन् । उनिहरु चाँहा चाहा भन्ने कोहि फाग मागल गाँउदै सुर्मामाताको जयजयकार गर्दै थिए ।

लोट्नी सम्मको दुुइ ढाइ घण्टाको बाटोको विचामा खाली भन्ने ठाँउ छ । त्यहाँ सुुर्मा सरोवार वाट फिर्ता भएका मान्छेहरु लाइ खाना खुुवाउने रहेछन । हामी संगै उकालो हिडेका महिलाहरुले पनि ढोकोमा खाना नास्ता लिएको कुरा सुुनाउदै थिइन् । उकालो बाटो घाँसे पहाडमा हिड्दा जती थकाइ पसिना आएपनि उत्तिकै रमाइलो भयो । विहानीको यात्रामा उदाउदो घाम , मौसम सफा , हरियाली सिजन धेरै माथी पुुगेपछि सुुर्मा गाँउपालीको सवै भुुभाग उपत्यका जस्तो सुुन्दर रमणिय देखीयो । लोट्नीमा सानो टिनको भक्तजन बस्ने धर्मशाला बनाएको छ । सानो मन्दिर पनि छ । तल बाट आएका सवै महिलाहरु यो मन्दिरमा धुपबक्ती पुुजाआजा गर्ने र मनले सोचेको बर माग्ने रहेछन । यहाँ भन्दा माथी महिलाहरुले जान नमिल्ने धार्मीक मान्यता रहेछ । पहिलो पटक यहाँ आएका भक्तजनले ५ चोटी लोटी खेल्नुु पर्ने रहेछ मैले पनि त्यो मान्यता पुरा गरे ।

अघिल्लो हिन सुर्मा मानसरोवर गएका पुुरुष भक्तजनहरु लाइ यहाँ लोठ्नीमा उनिहरुका घरपरिवार आफन्तहरुले भेट्ने वा पर्र्छो गर्ने प्रचलन रहेछ । माथी बाट आएको टोलीले सरोवरको माटोको टिका लगाइ दिने , जल खुुवाउने , फुुल लगाइ दिने गरे । उनिहरुको पर्खाइमा लोट्नी बसेका भक्तजनहरुले पनि हरियो घाँस दुुुवो लगाइ दिएर आर्शिकवाद आदान प्रदान गरे । लोट्नी निरको यो दृष्य अवस्था हेर्दा यो मेलाले मान्छेहरुमा भाइबन्दुत्व भाइचारा सदभाव प्रेम बढाउने देखीयो । सामाजिक एकता पनि यो ढोकभेट टिकाटालो ले गर्यो जस्तो मलाइ अनुुभुुभती भयो । साथै श्रीमान श्रीमती देवर भाउजुुहरुमा पनि टिका हुुुने हुदाँ पारिवारिक मेलमिलाप पनि यो पर्वको विशेषता जस्तो मलाइ लाग्यो । लोट्नीमा एउटा झाँडी भित्र एक महिलामा देवी चलेर सवै महिलाहरु त्यहाँ झुुम्मी रहेका थिए । देवता चलेकी महिलाले सुर्मादेवीको दुुुख सुुनाइ रहेकी थिइन यो कुरा सुुुनेर अरु महिलाहरु पनि रोइ रहेकी थिइन् । रुदाँ पनि मान्छेको मन शान्ती हुने हुदाँ यो दृष्यले परिवेसले पनि महिलाभक्तजनहरु लाइ स्तव्ध भावक बनाएको थियो ।

सरोवर वाट फर्केका मान्छेहरुका हातमा आकर्षक लठ्ठी थिए । कसैले डोरीमा मोजा जस्तो लगाएका थिए तर अधिकास खाली खुुट्नानै थिए । टाँउकोमा घाँस बाँधने मुुखुुमा घाँस राख्ने पनि यो मेलाको अर्को आर्कषण रहेछ । दुुइ दिनको मानासरोवर यात्राबाट फ्रक्ेका भक्तजनहरु लोट्नीमा आफन्त घर परिवार संग भेट्न पाउदाँ माथीको दुुख थकाइ सवै र्विसन्छन । कोही अगाँलो मारेर रुने गर्दछन । कठिन यात्रामा सुुर्मा सरोवरको दर्शन गरेर फर्केपछि बाँचेर आइयो , सुर्माले पुुर्यायो भनेर एउटा विरगती प्राप्त गरेजस्तै यो यात्रालाइ मानिदो रहेछ । सुुर्मा मानसोरबरको यात्रामा सुर्माका धामी पनि जाने रहेछन । उनलाइ सुर्मा पाली भित्रका मान्छेले बाटोमा केहि स्थानमा बोकेर पुुर्याउने ल्याउने गर्दा रहेछन ।

हामी लोट्नी बाट फिर्ता हुदाँ माथी बाट आएको टोली र उनका आफन्तहरु तल झर्दै थिए । समन्वय प्रमुख नर बहादुुुर दाइको घर परिवार गाँउको टोली सुुुर्मा सरोवरबाट लोट्नी पुुगेपछि हामीहरुले पनि स्वागत गरयौ । माथीको टोलीले जल दियो तालको माटोको टिका लियो गौरीधानको फुुल लगाइ दियो । हामीले दुुवो हरियो घाँसका पातहरु शिरमा लगाइ दिइ आर्शिकबाद आदान प्रदान गर्रौ । यहाँ निर पहिलो पटक सुुर्मा सरोवर गएका श्रीमान देवरहरुको दैचामलले खुट्टा पुुजा गरि ढोक गर्ने प्रचलन पनि रहेछ । यहाँ निर केहि समयको थकाइ बसाइ कुुराकानी भेटघाट पछि हाम्रो टोली पनि तलझर्र्यौ ।

खाली भन्ने स्थानमा माथी गएर फर्केको टोली लाइ खाना नास्ता खुुवाउने थकाइ मेट्ने यात्राको कुरा गर्दा रहेछन । यहाँ पनि दुुवो हाल्ने छोरीबेटीहरु लाइ दक्षिणा दिने गरेको थियो । सुुर्माका देवताका धामी पनि सुुर्मासरोवर जाने हुदाँ उहाँ संग पनि ठुुलो टोली हुुदो रहेछन । खाली भन्ने ठाँउमा सवैले रोकीने बस्नुु पर्ने र एकै चोटी सुुर्माका देवता संग जानुु पर्ने प्रचालन रहेछ । खाली भन्ने बाट ठकुुन्नामा रहेको पाँगरजडी मन्दिरमा देवता संगै सवै भक्तजन डाँडा बाट ओरालो बाटो भएर आउदाँ यो दृष्य र यो अवस्था पनि जात्राको आर्कषणको समय रहेछ । साथै शंख बजाएका ढाँकी नाचको सुुन्दरता पनि यो पर्वको सुुन्दरता आर्कषण देखीयो । मन्दिर भित्र पानीको मुुहान र धाराहरु , पाँगरको आधा रुख देवीको शक्तिले भएको भनाइ छ । अहिले स्थानियहरु वाट मन्दिर गेट , धर्मशालाहरु र्निमाण तथा मर्मतले पनि यो मेला व्यवस्थापन भएको छ ।
यसपाली सुुर्मा ताल बाट फर्केका देवताका धामी लाइ पर्छो गर्न समय साँझको ६ बसी सकेको थियो । तल चौरमा पुुगेपछि सेतो तुलमा देवताका धामीहरु लाइ पर्छोगरी काँधमा मन्दिरतिर लिएको दृष्य साथै महिला पुुरुष झाँक्रीहरु चली रहेका दृष्यहरु जात्राको मुख्य पाटो रहेछ । मान्छेहरु चाँ चाँ चाँ गरेका सयौ मान्छेको भिडले पनि यो मेला निकै धार्मीक आस्थाको देखीयो । पाँकरीगड मन्दिरमा सुर्मा सरोबरबाट आएको धामीको टोलीलाइ राखेर त्यहाँ केहि समय पुुजागरेपछि देवता चल्ला रहेछन । देवताले केही कुरा बोलेपछि यो जात्रा विसर्जन हुदो रहेछ । तर केहि आलिपालीमा पछिल्लो दिनपनि आ आफ्नो गाँउमा पुुजा गर्ने प्रचलन रहेछ । यसपाली पाँगरजडी सुुर्मा मन्दिरमा लाख बक्ती बाल्ने, देवताका धामी लाइ कपडा बस्त्र चढाउने चौधारी जुुजीतरिका भक्तजनहरुले देवता चलेर आफुुहरुको बारे केहि नबोली दिएकोमा सुुर्माका देवता प्रति गुुनासो गरेका थिए । कतिपय मान्छेहरुले मन्दिर भित्र देवताको शक्ती छ्ीयुुण भइ सकेको पनि प्रतिकृया गरि रहेका थिए । तर केहि भक्तजनहरुले यो पर्वमा एकचित्त भएर चोखोमित्तो बसी सुुर्माताल सम्म पुुगी देवीलाइ बर मागेभने देवीले जे मागेको छ त्यो पुुुरा गरेको अनुुभव सुुनाउनुु हुन्छ । मेला लाग्ने ठाँउ सम्म अहिले गाडी पुुग्ने भएर यात्रा सहज भएको छ । खाली खुुट हिड्नुु पर्ने यो प्रथा प्रचालन लाइ कतिपय भक्तजनहरुले देवी बाट अनुुमती लिएर जुुक्ता चप्पल लगाउनुु बनाउनुुुपर्ने विचारहरु सुुनाउन्छन तर कतिपय खाली खुट्टा हिड्नुु नै पर्वको विशेषता भएकाले यो हटाउन नहुने सुुनाउन्छन । यसपालीको यो मेलामा देश तथा विशेषमा रहेका मान्छेहरु पनि यहाँ आएका देखीए ।

बझाङको सवै भन्दा शुुद्ध धार्मीक मेला विरीजातमा एक चोटी आउनै पर्ने पर्व देखीयो । यो ठुुलो धार्मीक शक्तिपिठ पनि हो । यसको अझै संरक्षण सम्वद्र्धन व्यवस्थापन र प्रचार प्रशार गरि यो पर्वको महत्व महिमा बढाउनु पर्ने देखिन्छ ।

जगदीश रोकाया 
उहाँ नेपाल पत्रकार महासंघ बझाड शाखाका पुर्व अध्यक्ष हुन । रेडियो नेपालमा कार्यरत छन ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्