भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताउनु भयो । उहाँले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने ।
नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने ।
नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने ।
भन्सार विधेयक संघीय संसदमा पेस गर्ने । विद्युत विधेयक पनि संसदमा पेस गर्ने । नेपाल औषधि लिमिटेडको महाप्रवन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने ।’

सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्