कृषि पेशालाई दिगो, गर्विलो र दरिलो बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि पेशालाई दिगो, गर्विलो र दरिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद उर्मिला माझीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कृषि पेशालाई दिगो, गर्विलो र दरिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले सबल आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकिकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिँदै आएको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा विगतदेखि लगानी गर्दै आएको र यसबाट उत्पादन र उत्पादकत्वमा समेत केही वृद्धि भइरहेपनि अपेक्षित प्रतिफल प्राप्त हुन नसक्नुका कारणहरु पहिल्याउँदै उत्पादकत्व वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले कृषि उत्पादनको वृद्धिको लागि सिंचाईको सुविधाको बिस्तारलाई जोड दिइनुका साथै रासायनिक मलको आपूर्ति समयमै हुने कुराको सुनिश्चितता गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबल आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकिकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिँदै आएको छ । कृषि क्षेत्रमा विगतदेखि लगानी गर्दै आएको र यसबाट उत्पादन र उत्पादकत्वमा समेत केही वृद्धि भइरहेपनि अपेक्षित प्रतिफल प्राप्त हुन नसक्नुका कारणहरु पहिल्याउँदै उत्पादकत्व वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत प्रदेश र स्थानीय तहमार्फत उल्लेख्य रकम विनियोजन गरी कृषि क्षेत्रमा पर्याप्त साधन, स्रोत परिचालन गर्ने नीति लिएको छ । कृषि उत्पादनको वृद्धिको लागि सिचाइँको सुविधाको बिस्तारलाई जोड दिइनुका साथै रासायनिक मलको आपुर्ति समयमै हुने कुराको सुनिश्चितता गरिएको छ । साथै कृषि बाली, वस्तुहरुको विशेष उत्पादन क्षेत्र जस्तैः जोन, सुपरजोन, उन्नत बिउबिजनको विकास, उत्पादन तथा वितरणको लागि एकीकृत राष्ट्रिय कार्यक्रम सञ्चालनमा रहेका छन् । कृषि उपजको बजार सुनिश्चितताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । त्यसैगरी दुध तथा मासुमा आत्मनिर्भरताका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन तथा पशु स्वास्थ्य सुधारका कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । बाँझो जमिनमा कृषि प्रवद्र्धन कार्यक्रम, फलफुल क्षेत्र विकास तथा ग्रामिण कृषि उद्यम विकासका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । कृषि उत्पादन क्षेत्रको जोखिम व्यवस्थापन गर्न कृषि बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । जसअन्र्तगत बीमा प्रिमियममा ८० प्रतिशत अनुदान संघीय सरकारले उपलब्ध गराउने गरेको छ । कृषि क्षेत्रमा लगानी बढाउन सहुलियत दरमा कृषि कर्जाको बिस्तार तथा दायरा बढाउँदै पनि लगिएको छ । उत्पादित कृषि बस्तुहरुको बजार सुनिश्चितताको लागि धान, गहुँ, उखु लगायतका बालिको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने लगायतका कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । कृषि पेशालाई सम्मानजनक र मर्यादित बनाउन कृषकहरुलाई नियमित तवरमा पुरस्कृत गर्ने कार्यहरु जस्तैः राष्ट्रपति कृषक पुरस्कार कार्यक्रम सञ्चालनमा रहेका छन् । कृषि पेशालाई दिगो, गर्विलो र दरिलो बनाउन सरकार प्रतिवद्ध छ । तर अहिलेसम्म जेजति भएको छ, त्यसबाट सन्तुष्ट हुने स्थिति भने पक्कैपनि छैन ।’

प्रधानमन्त्री दाहालले कृषि पेशालाई सम्मानजनक र मर्यादित बनाउन कृषकहरुलाई नियमित तवरमा पुरस्कृत गर्ने काम समेत गरिएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्