माओवादी केन्द्रले पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने

काठमाडाैं – नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीको नाम पार्टीबाट सिफारिस हुने भएको छ ।

प्रतिनिधि सभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदै छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्