करिब दुई वर्षअगाडि काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालित पार्टी प्यालेन्स तीज आउनु एक महिनाअगाडि नै भरिभराउ हुन्थ्यो । दर खाने, नाचगान गरिने कार्य भइरहन्थ्यो । त्यतिबेला सहकारी संघसंस्थाले पनि पार्टी प्यालेन्समा दर खाने कार्यक्रम आयोजना गर्ने गथ्र्यो ।
यसरी दुई वर्षअगाडिसम्म तीज आउन महिनौं दिन बाँकी हुँदा समेत दर खानका लागि पार्टी प्यालेन्सहरु भरिभाउ हुने गरेकोमा यसवर्ष तीज आउन एक महिना मात्रै बाँकी हुँदा समेत पार्टी प्यालेन्स सुनसान देखिन्छ ।
अहिले पार्टी प्यालेन्समा न दर खाने छन् न तीजका भिडियोहरु सुपिङ्ग गर्ने नै । व्यवसायीहरु पनि काम नभएपछि झिंगा धपाएर बसिरहेका छन् । पछिल्लो समय पार्टी प्यालेन्स सुनसान देखिनुको कारण आर्थिक मन्दीभन्दा पनि केही फरक पर्दैन ।
यता, सहकारीहरु पनि सबै भागेकाले पार्टी प्यालेन्स व्यवसायीको व्यवसाय ठप्प भएको हो । सहकारीहरुले जनतालाई ठगुञ्जेल यस्ता कार्यक्रमहरु आयोजना गरे । तर, जब सहकारीमाथिबाट आम नागरिकको विश्वास गुम्यो, तब सहकारीहरु भाग्न थाले ।
सहकारीहरुले बचत तान्नका लागि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, भ्रमणमा लैजाने तथा सेयर होल्डरको जन्मदिनमा घरमै समेत केक लगिदिने गर्थे । यता, १६ देखि २२ प्रतिशत ब्याजको प्रलोभन देखाएर घरघरमै पैसा उठाउन पुग्ने गर्थे ।
आमनागरिकलाई विभिन्न प्रलोभन तथा आश्वासन देखाएर सहकारीले सर्वसाधारण जनताले जीवनभर दुःख गरेर कमाएको रकम, घरजग्गा बेचेर प्राप्त भएको रकम आफ्नो संस्थामा ल्यायो । तर, छिटै नाफा कमाउनका लागि घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गप्यो ।
केही वर्षयता घरजग्गा, गाडी र सेयरमा व्यापाक मन्दी आएपछि सहकारी संस्थाहरु बचतकर्ताको रकम नै फिर्ता नगरी रातारात फरार भएका छन् । अहिले सहकारीका बचतकर्ताहरु सडकछाप भएका छन् । उनीहरु घरविहीन भएका छन् ।
ब्याजको प्रलोभनमा उनीहरुले आँखा चिम्लेर लाखौं लाख रुपैयाँ सहकारीमा जम्मा गरे । तर, ब्याजको कुरै छोडौं, साँबा समेत उनीहरुको हातमा परेको छैन अहिले । हिजो सहकारीहरुले तीजमा पनि भोजभतेर लगाउने, दशैंतिहारमा पनि भोजभतेर लगाउने र विभिन्न चाडपर्वमा पनि आफ्ना सदस्यहरुको घरमा मिठामिठा खानेकुरा पुप्याउने गर्थे ।
तर, कसलाई के थाहा थियो र हजार रुपैयाँको खुवाएर करोडौं असुलेर भाग्छ भने । बुढोपाकाले भन्थे, ‘मान्छेले सित्तैमा पायो भने अलकट्टा समेत खान्छ ।’ तर, पैसा तिर्नु पप्यो भनेर जतिसुकै भोज लागेपनि किनेर नखाने उनीहरु बताउँथे ।
अहिले सहकारीमा एउटै व्यक्तिको एक लाखदेखि २५ करोड रुपैयाँसम्म फसेको छ । तर, उनीहरु पाँच हजार खर्च गरेर दर खान सक्दैनन् थिए । उनीहरु सहकारीले पार्टी प्यालेन्समा राखेको तीजलगायत अन्य कार्यक्रममा खानका लागि दौडिएर पुग्थे ।
पाटी प्यालेन्र्समा भोज गर्दा एक प्लेट खानाको १२ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म लिइन्छ । यसरी १२ सय रुपैयाँ खर्च गर्न लोभ गर्दा आज आफुले सहकारीमा राखेको करोडौं रुपैयाँ डुबेको छ । आम सर्वसाधारणले आफ्रनै पैसामा आफुहरुलाई दर खुवाएको, केक काटिदिएको, घुम्न लगेको भनेर बुझ्रन सकेनन् ।
सहकारीहरुले आफुहरुलाई कम ब्याज दिएर ऋणीलाई चर्को ब्याज लिने गरेको कुरा उनीहरुले बुझेनन् । सहकारीमा दैनिक पैसा राख्नेको ६÷६ महिनामा ब्याज चढाइन्छ । त्यो पनि ५÷७ प्रतिशत ।
यता, जो व्यक्तिले सहकारीमा एक करोड मुल्य पर्ने घडेरी धितो राखेर ६० लाख कर्जा लियो, त्यो व्यक्तिसँग पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क, १८ देखि ६० प्रतिशत ब्याज र अनिवार्य सेयर सदस्य हुनुपथ्र्यो ।
अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै उसलाई थाहै नदिई घरजग्गा, गाडी र सेयर संस्थाको नाम ल्याउने । सहकारीहरुले कर्जा दिने समयमा नै ऋणीलाई थाहै नदिई खाली नेपाली कागजमा हस्ताक्षर गर्न लगाई धितो लिलाम गर्न ऋणीको मन्जुरी लिइसकेको हुन्छ ।
यसरी ऋणीहरु ऋण तिर्न नसकेर कि आत्महत्या गर्न बाध्य हुन्थे कि विस्थापित हुन्थे भने बचतकर्तालाई ब्याजको लोभ देखाएर साँवा पचाइदिने काम सहकारीहरुले गर्दै आइरहेका थिए । सहकारीहरुले घरजग्गा, गाडी र सेयरलाई धमाधम कर्जा प्रवाह गरेपछि यसको मूल्य हवात्तै बढेको थियो ।
२० लाख आनामा बिक्री नहुने जग्गा ८० लाखमा बिक्री भयो, सय रुपैयाँ कित्तामा बिक्री नहुने सेयर ३२ सयमा बिक्री हुन थाल्यो भने एक लाखमा बिक्री नहुने गाडी २५ लाख पुग्यो । घुस, सेवाशुल्क र चर्को ब्याज तिर्छु भनेपछि सहकारीले तुरुन्तै कर्जा लगानी गथ्र्यो ।
तर, सहकारीबाट ऋण खाएकाहरु जब डुब्न थाले, तब आम नागरिकले सहकारीबाट ऋण खान छोडे । यता, बैंक पनि सहकारीजस्तै रहेको सर्वसाधारणले थाहा पाए । यसरी कर्जा लगानी गर्ने ठाउँ नभएपछि वा जनता ठग्न नपाएपछि सहकारीहरु बचतकर्ताको रकम फिर्ता नगरी धमाधम भाग्न थाले ।
सहकारी तथा बैंकहरुले बचतबकर्तालाई थोरै ब्याज दिदैँ आएका थिए । तर, त्यही रकम मिटरब्याजमा लगाउने गर्थे । यसरी आम सर्वसाधारणले सहकारी र बैंकको ठगीधन्दा बारे थाहा पाएपछि उनीहरुको बचत गर्न छोडेका हुन् ।
योसँगै सहकारी र बैंकको ठगीधन्दा पनि बन्द हुन थाल्यो । मानिसले कुनै क्षेत्रमा लगानी गरेर नाफा कमाउँछु भनेर ऋण लिन्छ । तर, पछिल्लो समय घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको छ । यता, अधिंकाशको यही क्षेत्रमा मात्र लगानी भएकोले पनि उनीहरु बिचल्लीमा परेका हुन् ।
छिट्टै नाफा कमाउने दाउले दुई÷तीन घरको फरकमा पार्टी प्यालेन्स व्यवसायीहरुले व्यवसाय सञ्चालन गरे । उनीहरुले सरकारले तोकेको मापदण्ड समेत पूरा गरेन । यसरी जथाभावी पार्टी प्यालेन्स सञ्चालन हुँदा त्यो पनि मापदण्ड विपरीत घान बस्तीमा यसले एकातिर दुर्घटनाको जोखिम बढेको छ, अर्कातिर बस्ती नै सरखाप हुने डर ।
पार्टी प्यालेन्समा बनाइने खानेकुरा गुणस्तरहीन हुन्छ । पार्टी प्यालेन्समा म्याद सकिएको, सडेको, गलेको तथा खान अयोग्य खानेकुराहरु बनाउने गरेको अधिंकाशको भनाइ छ । पहिलापहिला बिवाह, वर्तव्रन्ध, तीजलगायत विभिन्न चाडपर्व तथा भोजभतेर घरमै गर्ने गर्थे ।
हरेक चाडबाडमा आफ्ना टाढाटाढाका नातेदार, छिमेकी, दिदीबहिनी, दाजुभाई आदिलाई बोलाउन्थे । आफुले जति सकिन्छ, त्यति खुवाउन्थे । न ऋण लिन्थे, न ठूलो नै पल्टिन्थे । तर, अहिले यसको ठिक विपरीत छ । अहिले ऋण लिएर जन्मदिन समेत पार्टी प्यालेन्समा मनाइन्छ ।
आफ्ना आफन्त, छरछिमेकहरुसँग झुट्टो कुरा बोलिन्छ । ठुल्ठुल्ला धाग देखाइन्छ । आफ्रनै परिवारमा कोही गरिब भए हेपिन्छ त धनीलाई टाउकोमाथि चढाइन्छ । अहिले चाडबाडको नाममा विकृति फैलाउने काम भइरहेको छ । महिला तथा युवतीहरु समाज भड्काउने कपडा लगाउने गर्छन् ।
अब सरकारले यस्ता गतिविधि रोक्न कानून बनाउन आवश्यक परिसकेको छ । अहिले गरिब जुनसुकै चाडबाड भएपनि भोकै सुत्न बाध्य भएका छन् । धनीहरु लाखौं रुपैयाँ खर्च गरेर चाडवाड मनाउँछन् । अनि गरिब त्यो देखेर चोरी, लुटपाटमा संलग्न हुन्छन् । त्यसैले, अब सरकारले यस्ता क्रियाकलाप रोक्नुपर्छ ।
चाडबाडको नाममा फैलिने विकृति समयमै नरोकिए समाज विकासतिर नभई विनाशतिर लाग्छ । पछिल्लो समय तीज दुई महिनाअघिदेखि मनाइन्छ । लाखौं रुपैयाँ खर्च गरिन्छ । तर, गरिब जनता बेरोजगारी र महंगीका कारण भोकभोकै सुतेका छन् । शिक्षा र स्वास्थ्यबाट वञ्चित भएका छन् ।
त्यसैले, अब सरकारले जुनसुकै चाडबाड पनि आफ्रनै घरमा शान्त वातावरणमा गर्नुपर्ने भनेर नीतिनियम ल्याउनुपर्छ । साथै, लाखदेखि करोड रुपैयाँ खर्च गरेर चाडबाड मनाउनेको सम्पत्ति छानबिन गर्नुपर्छ । उसले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।
रुषा थापा
भक्तपुर