कोशीका मुख्यमन्त्री उद्धव थापा विरूद्ध दायर रिटकाे आज सुनवाइ हुने

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुनेभएकाे छ ।

कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै रिट दायर गर्नुका साथै आफुलाइ मुख्यमन्त्री ताेक्न भनि रिट दायर गर्नुभएकाे हाे । दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसरी प्राप्त गरेको विश्वासको मत गैर संवैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्