काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ललितपुरको गोदावरी पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएके भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताउनु भयो ।

उहाँले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताउनु भयो । उहाँले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्न भुमिका खेल्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपालीहरु जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ । आउने दिनमा पनि गर्ने नै छु । जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्दछ ।

आज यहाँका प्रश्तुती हेर्दै गर्दा हामी नेपालीहरु तपाईहरुले नयाँ नेरेटिभ पनि बनाउनु भयो र हामी सात करोड छौँ भन्नेकुरा स्थापित गर्नुभयो । र हामी जहाँ भएपनि नेपाली हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौं भन्ने सन्देश गएको छ, धेरै शक्तिशाली सन्देश गएको छ ।’

प्रधनमन्त्री दाहालले कार्यक्रमले नेपालीहरु आफ्नो मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छन् भन्ने सन्देश विश्वभर गएको बताउनु भयो ।