बझाङ – सुदुरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री स्व. पृथ्बी बहादुर सिंहको दोमासिक तिथीको अवसरमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामी लाइ फलफूल वितरण गरिएको छ। शनिबार स्व. सिंहका छोरा अभिषेक बहादुर सिंहले अस्पतालमा रहेका बिराहरुलाइ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका हुन्। जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा लगायतका अन्य नेताहरूको उपस्थितिमा जिल्ला अस्पताल बझाङमा रहेका ३० जना बिरामी लाइ फलफूल वितरण गरिएको हो। स्व. मन्त्री सिंहले गरेको योगदान बझाङी जनताको लागि अविस्मरणीय रहेको पाइन्छ। मन्त्री सिंहका छोराले स्व. बुबा को योगदानलाइ सधै आत्मसाथ गरेर आफुले जनताकोको लागि र बझाङ विकासको लागि सधैं लाग्ने बताए । मन्त्री सिंहको मुत्यु भएको आज ६० दिन पुगेको र उनको सम्झनामा बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गरेर फलफूल वितरण गरिएको सिंहले बताए । आगामी दिनहरुमा पनि आफ्नो बुबाको हरेक तिथीको अवसरमा विभिन्न कार्यक्रम गरेर दुखि गरिव असाहाय बिरामीहरुलाई सहयोग गर्ने उनको भनाइ रहेको छ।