‘लोकतन्त्र सिमित व्यक्तिहरुका लागि सेतो हात्ती हुन पुग्यो’ : प्रा.डा. मिश्र

काठमाडौँ – प्रजातान्त्रिक विचार समाजका सचिव एव त्रिभुवन विश्वविद्यायका प्राध्यापाक डाक्टर अक्कलदेव मिश्रले लोकतन्त्र सिमित व्यक्तिहरुका लागि सेतो हात्ती हुन पुगेको बताएका छन् । प्राध्यापक डा. मिश्रले देशकै शिर झुक्ने गरी भएका भ्रष्टाचार र अनियमितताका घटनाले मुलुक थप संकटतिर धकेलिँदै गइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘देशकै शिर झुक्ने गरी भएका भ्रष्टाचार र अनियमितताका घटनाले मुलुक थप संकटतिर धकेलिँदै गइरहेको प्रष्ट हुन्छ ।’ प्रा.डा. मिश्रले भने, ‘ सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु गरेको छानबिन प्रक्रिया ललिता निवास जग्गा प्रकरण हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणसम्म पुगेको छ ।’

पछिल्लो समय भएका भ्रष्टाचारका घटनाहले जनता निराश भएको समेत प्राध्यापक डा. मिश्रको भनाई छ । ‘आज जनतामा निराशा छ उनले (जनता) चारैतिर भ्रष्टाचार र लूटको मात्रै अनुभूति गरिराखेका छन्, र लोकतन्त्र सिमित ब्यक्तिका लागि सेतो हात्ती हुनपुगेको प्रत्यक्ष महसुस गरिराखेका छन् ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्