अर्किड आइडल २०८० अन्तर्गत अडिसन राउण्ड सम्पन्न

काठमाडौं – अर्किड आइडल २०८० अन्तर्गत आज अडिसन राउण्ड सम्पन्न भएको छ ।

काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकण्डरी स्कुलले बर्सेनि आयोजना गर्ने अर्किड आइडलको यो दशौँ संस्करण हो । विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर (सिबी) कार्कीका अनुसार आज भएको अडिसन राउण्डमा झण्डै डेढ सय जना सहभागी भएका थिए । जसमा १०३ जना दोस्रो चरणको सेमि फाईनल राउण्डको लागि छनोट भएका छन् ।


सेमि फाइनल राउण्ड श्रावण २३ गते मंगलबार हुनेछ भने उक्त राउण्डबाट फाईनल राउण्डमा छनोट हुनेहरूले श्रावण २६ गते शुक्रबार हुने फाईनल राउण्डका लागि सहभागी हुने स्कुलका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थीको पढाईसँगै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै आईरहेको र स्कुलको बार्षिक कार्यतालिका अनुसार यो बर्ष पनि आइलको दशौँ संक्करणको सुरू गरिएको विद्यालय संयोजक नरेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।


अर्किड स्कुलले बार्षिक कार्यतालिका तय गरि विभिन्न समयमा नृत्य, गायन, निबन्ध लेखन, वादविवाद कार्यक्रम, हाजिरीजवाफ, फुटवल, क्रिकेट, पौडी खेल लगायतका खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्