कर्मचारीले गर्दा बिरामी दुख पाउदै जिल्ला अस्पताल बझाङमा

बझाङ – बझाङमा कर्मचारीको लार्यवाहीले गर्दा बिरामीलाइ समस्या हुने गरेको पाइन्छ। हिजो मात्र जयपृथ्वी नगरपालिका –७ कि सुनिता बोहरा एक्कासी पेट दुखेर घरबाट उहाँको श्रीमान् संगै जिल्ला अस्पताल बझाङमा पुगिन् र उहाँका सस श्रीमानले इमर्जेन्सी मा भर्ना गर्नको लागी पुर्जा काट्न गए तर पुर्जा काट्ने ठाउँमा कर्मचारीको तुर्छ शब्द बाट अहिले बत्ती छैन दुई घण्टा पछि बत्ती आउन्छु अनि आउनु भनेर पठाए।तर सुनितालाई भने पेट दुखेर आपन्त विपत परेको थियो। बोहलारालाई झन झन् पेट दुख्ने ज्वरो आउने र रक्तस्राव हुन थालेपछी श्रीमतीले उपचारका लागी अस्पतालमा अर्को कर्मचारी संग सल्लाह मागेका थिए।

बोहराले भने एका तर्फ मेरो श्रीमतीलाई रक्तस्राव भएको थियो संगसंगै पेट अत्यधिक दुखेको थियो पछी मैले बिरामी छट्पटाइरहेको छन विजुली नभएपनी जेनेटर छैन जेनेटर भए खोल्नु न कर्मचारीले भन्योे जेनेटर पनि बिग्रेको छ के गर्छौ रिसाउदै भन्यो पछी मैले त्याहाँ रहेका अर्का कर्मचारीलाईे सोधें जेनेटर बिग्रेकोे छ र भने उसले भन्यो बिग्रेको छैन, चलाउने मानिस अहिले यहाँ छैनन् त्यहाँ रहेका सवैलाई हार गुहार माग्दा विरामी पुर्जा हातले लेखेरै भएपनी काटेर दियो । पछी इमरजेन्र्सी वार्डमा गए फेरी उता बाट मलाई पुर्जी काट्ने ठाउँमा पठायो फेरी उसले भन्यो बत्ती छैन, । ओपिडीमा बत्ती नहुदा सम्म केही हुँदैन भनेको होइन, २ घण्टा पछी आउँछ रोकिनु भन्यो उ बाहिर गयो फेरी मैले अर्को लाई बिरामीको पेट सहन नसकिने गरी दुखेको छ केही औषधी त छ भने दिनु न भनें उसले औषधी लेखेर दियो मैले औषधी किनेर डाक्टर सापले ईन्जेक्सन लगायो ईन्जेक्सन लगायर पनी केही नभएपछी अस्पतालको बेडबाट उठेर श्रीमतीले चैनपुरमा रहेको लजयपृथ्वी अस्पताल जाने भन्ने कुरा भयो कर्मचारीले त्यो कुरा सुनेपछी रिसाउँदै भन्यो,उता जाने भए यता किन के खान आएको त ? उतै जानुपर्ने थियो नि उतै जाँउ भन्दै उल्टै झपारे , ‘जयपृथ्वी अस्पताल पुग्दा सम्म श्रीमतीको रक्तश्राव भएर पेटको बच्चा खेर गइसकेको रहेछ,कि क्या हो, हामिले भिडिओ एक्सरे गर्दा डाक्टरले बच्चाको मृत्यु भइसक्यो भन्यो र जयपृथ्वी अस्पतालवाट नै उतै राम्रा डाक्टर छन भनेपछि निराश भयर घर पर्के दिनभर अस्पतालका कर्मचारीले गरेका हर्कत देखेपछी सम्झीदै सामाजिक सञ्चाल फेसवुका वालमा अस्पतालमा भएका गतीविधि र त्यहाँका कर्मचारीले गरेका असन्तुस्टी बारे लेखे, अस्पतालको वारेमा असन्तुस्टी फोखेपछी धेरै सकारात्मक टिप्पडी र थोरै नकारात्म टिप्पडी भयो । अस्पताल प्रसासनले सामाजिक सञ्जाल फेसवुकामा भएको सकारात्मक र नकरात्मक टिप्पडी भएको देखेपछी अस्पताल प्रशासनले छलफलका लागी पत्रकार र स्थानिय र अस्पतालका कर्मचारीहरुलाई बोलाइयो, अधिकास स्थानिहरु र पत्रकारहरुले अस्पतालको भवन सेवा सुविधा सम्पन्न भएको भएता पनी कर्मचारीहरुकै लापरवाहिका कारण सेवाग्राहीहरुले दुख पाउने र यसमा कर्मचारीहरुले नै सच्चिनु पर्ने आग्रह गर्यो तर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन नवराज जोशीले यसको कारण विजुली नै भएको भन्दै आफु चोखीन् थाले छलफलमै जोशी भन्छन बरु यो अस्पताललाई बन्द गरौ भने गरौ म त के होर सरुवा भएर जाँउला के छ र भन्ेदै उल्टै बोहरालाई सामाजिक सञ्जालमा जथाभावी लेख्न नहुने बताए ।

उता जिल्ला अस्पताल व्यावस्थापन समितीका अध्यक्ष सोनु सिहले भने अस्पतालका कर्मचारीहरुले गल्ती गर्यो होला यसलाई सुधार गर्ने पक्षमा रहेको र आगामी दिनहरुमा साना साना कमी कमजोरीहरुलाई सुधार गदै अगाडी वढ्ने बताए पहिलेको तुलनामा जिल्ला अस्पताल बझाङमा धेरै किसिमका सेवा सुविधा उपलब्ध रहेको र बत्ती र पानि भएपछि बिरामीलाइ चौबिसे घण्टा सहज सेवा र अस्पताल सफा सुग्घर हुने सिंहले बताए। अस्पतालमा अहिले सिटीस्केनि बाहेक सबै सेवा सुविधा अस्पताल दिन सक्ने उहाँले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्