सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थाल्यो, दार्चुलामा सबैभन्दा बढीमा संक्रमण

काठमाडाैं – बर्खायाम सुरुभएसँगै सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा वैशाखयता सुदूरपश्चिममा २०२३ मा २७९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा १८८, कञ्चनपुरमा ३९ जनामा संक्रमण देखिएको छ । यसैगरी अछाममा १७, कैलालीमा १४, बझाङमा ६, बैतडीमा ५, बाजुरा र डोटीमा ४/४ तथा डडेलधुरामा २ जनामा संक्रमण देखिएको छ ।

गत वर्ष कञ्चनपुरमा मात्रै १७५ जनामा संक्रमण देखिएको थियो । तर अहिले असारदेखि नै देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो बर्ष सन २०२३ मा दार्चुलामा प्रदेशमै सबैभन्दा बढी १८८ जनामा डेंगु संक्रमण देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्