राष्ट्रियसभा बैठक सुरु, मिटरब्याजविरुद्धको विधेयक टेबुल गर्ने कार्यसूचि

FILE PHOTO

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक सुरु भएको छ । बिहीबारको बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।

राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई बिहीबारको बैठकमा पेश गरिने छ ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउन मिटर ब्याजसम्बन्धी विधेयक ल्याइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्