काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने र सोही अनुसार बुधबार संसदमा प्रस्तुत हुन निर्देशन दिन बैठक बोलाएको हो ।
एमालेले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नसक्ने बुझिएको छ । कम्बोडिया भ्रमणबाट फर्कने क्रममा एमाले अध्यक्ष ओलीले विमानस्थलबाट बाहिरिईसकेको सुन बरामद गरेको विषयमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउनु भएको थियो ।