कृषिका कार्यक्रमको अनुगमन, अर्गानिक तरकारीको उत्पादन बढ्दो

बझाङ – कृषि ज्ञानकेन्द्र बझाङले जिल्लाका बिभिन्न ठाउमा अनुगमन गरेको छ । आज छबिसपाथीभेरा गाउपालिका केदारस्यु गाउँपालिका र बिथडचिर गाउँपालिकामा कृषि ज्ञानकेन्द्रबाट सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमको पत्रकारसहितको टोलिले अनुगमन गरेको हो । अनुगमन टोलिले आर्थिक बर्ष २०७९ /८० मा ५ लाखको लागतमा छबिसपाथीभेरा गाउपालिका १ भाडेमा परिक्षणको लागी लगाइएको ड्रागन फ्रुटको अनुगमन गरेको छ । यस्तै उक्त टोलिले केदारस्यु गाउपालिका १ को झोलामा र अर्गानिक तरकारी गाउ बिथडचिरको आनन्द पुमा समेत तरकारी बालिको अनुगमन गरीएको हो ।

रसायनिक मल र बिषादीको प्रयोग नगरी प्रांगारीक मल र बनस्पती बिषादीको प्रयोग गरि आलु,टमाटर बन्दा लगायत विभिन्न तरकारी उत्पादन गर्ने लक्ष्यका साथ प्रांगारिक मिसन तरकारी खेती गरिदै आएको छ । यस कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङले सहयोग गरेको छ । अहिले कृषि ज्ञानकेन्द्रले सहयोग गरेपछि आफुहरुलाइ तरकारी उत्पादन गर्न देखि ढुवानी गर्न सहज भएको कृषक माया देबी बोहराले बताउनुभयो । कुनै समयमा भाडामा लिएर व्यबसाय गर्दा धेरै समस्या रहेको ले हाल कृषि घर रजग्गा आफनै समुहको नाममा दर्ता भैसकेको र कृषि ज्ञानक केन्द्रले सहयोग गर्दा काम गर्न सहज भै समुह महिलाहरुले राम्रै आम्दानी गर्ने गरेको उनिहरुको भनाई छ।

अझै स्थानीय सरकार देखि कृषि ज्ञान केन्द्रले फलामे टनेट , सिचाइको व्यबस्था गरी दिए आफुहरुलाइ सहज हुने कृषक महिलाहरुले बताएका छन् । अहिले महिलाहरु एक जुट भएर तरकारी खेती सँगै अन्य सामाजिक काम पनि गदै आउनुभएको छ । सरकारले जुन उदेश्यले ले यो ठाउमा काम गरीरहेको छ त्यो पुणर् भएको भन्न नसकिने भएपनि तर यो कार्यक्रम पहिलो चरणमा रहेकाले महिलाहरुको आम्दानी बढेको ,महिला शशक्तीकरण भएको कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो । साथै मेहनती कृषकहरुलाइ कृषि ज्ञान केन्द्र सधै साथमा रहेको र उक्त ठााउको बन्दा आलु काक्रा टमाटर जिललकाा बिभिन्न स्थानीय बजार सम्म पुग्ने गरेको बताउनुभयो । पछिल्लो समय मा तराई तथा भारतबाट बिषाधी मिसावट तरकारी फलफूलहरु बजारमा ब्यापार भित्रिएको र यसबाट मानव स्वास्थ्यमा नकारात्मक असर परेको हुँदा नेपाल सरकारले परम्परागत रूपमा रैथाने बाली लगाउने र बिषाधी रहित अर्गानिक तरकारी फलफूल र अन्य खाद्य बस्तुहरु उत्पादनका लागि किसान हरुलाई पोन्साह गर्दै आएको छ। जिल्लाका चार वटा पालिकामा बिषाधी रहित गोठे मलको प्रयोग बाट तरकारी उत्पादन गरिन थालेपछि यसको माग अहिले तराइका बजारहरुमा पनि माग बढ्दै गएको बझाङ कोसेली घरका संन्चालन वसन्त खड्काले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्